हामी मानिसहरू धरतीका फूल हौं, सर्वश्रेष्ठ प्राणी हौं । हामी आफू बदलिँदै समाज बदल्न चाहन्छौं र सकेसम्म धरतीको आँखीझ्यालबाट संसार नियाल्न चाहन्छौं तथापी सक्छौं पनि । तर हामी आज यस्ता मानिसहरूको कुरा गर्छौं, जो समाजलाई त के आफूलाई पनि बदल्न सक्दैन र संसारलाई नजिकबाट चियाउन सक्दैनन् । सामान्य जीवनचर्याका लागि पनि अरुको साहारा चाहिन्छ उसलाई ।
जसका हातले मुखसम्म पेट भर्ने अनाज पु¥याउन सक्दैन, अरुको सहायता विना खोक्रो पेटमा तड्पिरहन्छ, जसका खुट्टाले यो सुन्दर धरतीका माटो मचक्क कुल्चन सक्दैन । अनि आफ्नो आँखाको परेला उघारेर सुन्दर धरतीका मनमोहक दृश्य मानसपटलमा कैद गर्न सक्दैन, जसले संसारलाई बुझेर आफ्नो हृदयमा धरतीको चित्र कोर्न सक्दैन, अरुले बोलेको कुरालाई पवित्र कानमा गुञ्जायमान बनाउन सक्दैन । अझ भन्नै पर्दा जिएर पनि मरिरहेको छ ऊ ।
आफ्नो सामान्य जीवनलाई चलमलाउनको लागि पनि अरुको साहाराको आवश्यकताको आभास छर्दै मस्त निद्रामा परेझैं अचेत भएर डङ्ग्रङ्ग लडिरहेको छ । अनि जीवनको साहाराको लागि एउटा मानिस खोजिरहन्छ । ती हुन् अस्तितिर लङ्गडो, कानो, खोरण्डो, अन्धो, बैरो र हिजोतिर अपाङ्ग हुँदै आज फरक क्षमताको मान्छे बनेको छ
Script By
No comments:
Post a Comment